
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उनले निजी क्षेत्रबाट सञ्चालित कलेजको सम्बन्धन नविकरण गरिदिने प्रयोजनका लागि घुस लिएका जनाइएको छ ।
पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पटेललाई किर्तीपुरको ट्याङ्लाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
कमेन्ट गर्नुहोस्
