बाग्लुङमा एउटा अस्पतालको भवन बनाउन १० वर्ष

Share:

बाग्लुङ।  बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको एउटा भवन बनाउन १० वर्ष लागेको छ । सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको हो ।

तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पुरा भएको हो ।अञ्चल अस्पतालको ‘ए’ ब्लक २०६९ सालमा नै निर्माण भएको थियो ।

२०६६ वैशाख १ गते २ वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण सम्पन्न भएको हो ।अस्तपालतको ‘बी’ ब्लकको भवन ६ करोड ६० लाख ३९ हजार २ सय १४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

निर्माण कम्पनीले ६ करोड ५१ लाख १६ हजार २ सय ८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो । ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण भएकाे हाे ।

अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नागेको जरिवानासमेत कार्यालयले असुलउपर गर्ने भएकाे छ ।नयाँ निर्माण भएको ३ तले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन् ।

कमेन्ट गर्नुहोस्
Share: