पोखरामा नवजात शिशु मृत फेला

Share:

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।एक/दुई दिनको जस्तो देखिने पुरुष जातको शिशु मृत अबस्थामा काहुँखोलामा आज साझँ भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

स्थानियले खबर गरेपछि प्रहरी टोलीले शिशुलाई खोलाबाट निकालेको हो । नवजात शिशुलाई शिशुकी आमाले जन्मदिने बितिकै खोलामा फालेको हुनसक्ने स्थानियले बताएका छन्।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: