
तनहुँ । तनहुँको म्याग्दे गाँउपालिका ५ मा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । स्थानिय ५९ वर्षीय बल बहादुर बि.क.लाई शुक्रबार खैरेनिटारबाट भिमाद तर्फ जाँदै गरेको ग १ क. ४३२३ नम्बरको टिप्परले ठक्कर दिएको हो ।
दुर्घटनामा परी घाईते भएका उनलाई उपचारको लागि जि.पि.कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
