मेस्सीकाे टाेली अर्जेन्टिना क्वाटरफाईनलमा

Share:

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मदतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो ।मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए ।

८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । मिडफिल्डबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।

समुह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसंगै अर्जेन्टिना समुह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको अर्जेन्टिना कठिन मोडमा थियो ।

अर्जेन्टिनाले क्वाटरफाईनलमा भेनेजुएलासंग प्रतिस्पर्धा गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: