तनहुँमा तीन सय बोट गाँजा नष्ट

Share:
File Photo

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले नष्ट गरेको हो ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा स्थानीयको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बारीमा उम्रिएको गाँजाका कारण युवाहरूको आवतजावत बढ्नसक्ने भएकाले स्थानीयको सहयोगमा गाँजा फँडानी गरिएको लामिछानेले बताए ।

उनले भने, ‘लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय चलिरहेको सन्दर्भमा स्थानीयलाई लागूऔषध विरुद्ध सचेतना जगाउँदै गाँजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौं ।’

गाउँघरमा स्थानीयको बारीमा गाँजाका बोट उम्रिने गरेपछि स्थानीयकै समन्वयमा प्रहरीले नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

स्थानीयले आफूहरूले गाँजा नलागएको प्रष्ट पार्दै नष्ट गर्ने अभियानमा प्रहरीलाई साथ दिइरहेका छन् । प्रहरीले केही दिनअघि मात्रै भानु नगरपालिका–५ मैवलमा पनि गाँजाको बोट नष्ट गरेको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: