एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्न सकिन्छ !

Share:

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

२०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

उनले भने,‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ, प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’  परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ।

२०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: