सिलिन्डर विष्फोटमा संलग्न रहेकाे आशंकामा १६ वर्षीय बालक पक्राऊ

453
0
Share:

सल्यान – सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई पक्राऊ गरेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो ।

त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका-६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान गिरफ्तार गरेको हो ।

उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताए । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: