यात्राको साहारा पुल

Share:

अशोक विश्वकर्मा, तनहुँ
असार ११ । देशमा केपी शर्मा ओली प्रधानमन्त्री दुई पटक बनिसेका छन् । पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री बनेर देशभरका टुइन विस्थापन गरि पुल निर्माण गर्ने उनको पहिलो निर्णयबाट ४ वर्षपश्चात तनहुँको कोत्रे र कास्कीको पुडिटारका स्थानियहरु लाभान्वित बनेका छन् ।

विद्युत मार्फत चल्ने टुइनबाट जोखिम पूर्णरुपमा भाडा तिरेर यात्रा गर्न बाध्य पोखरा महानगरपालिका ३३ का स्थानियहरु पुल निर्माण भएपछि खुशी भएका भएका छन् । ४ वर्ष अघि देखि पुल निर्माणको योजना भए पनि शुक्लागण्डकी नगरपालिकाको वडा न २ र पोखरा महानगरपालिका ३३ लाई जोड्ने गरि अहिले बल्ल पुल बनेको छ ।

झण्डै ३ सय १० मिटर लामो पुलबाट आवातजावत गर्न पाउँदा स्थानीयहरु दंग देखिन्छन् । विगत लामो समय देखि समय कुरेर टुइन मार्फत यात्रा गरेकी स्थानीय बृद्धा केशमायाले पुल निर्माणले यात्रामा सहज भएको बताइन् ।

“कुनै बेला त ५ पैसा पनि नहुने, ट्याम कुरेर यात्रा गर्नुपथ्र्यो अहिले आफुखुशी हिड्न पाइएछ ।” केशमायाले भनिन् । “पुल बनेपछि बेस्सरी सुविस्ता भएको छ, बत्ति जादा विचमा नै अड्केर बस्नुपर्ने, अहिले जति बेला विरामी भइपनि आफ्नो खुशीले खुट्टाले हिनेर आउन पाइयाछ, त्यो टुइन त बेस्सरी घुचरो हुदाँ पालो कुरा बस्नुपर्ने अहिले त म बेस्सरी खुशीमा छु ।”

यस अगाडी नदी तर्नका लागि रातको समयमा लामो दुखीको यात्रा गरि लामेआहाल जानुपर्ने समस्या टरेको स्थानियहरु बताउँछन् । सामान बोकेर काठको पुलबाट जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता टरेको उनीहरु बताउँछन् ।

यता पुल निर्माणले विद्यालय अध्ययन गर्ने बालवालिकाहरुलाई समेत राहत भएको स्थानिय मिना क्षेत्रीले बताइन् । उनले पुल निर्माणले खुशी मिलेको भन्दै यात्राको लागि लाग्ने आर्थिक भारको कटौती समेत भएको बताइन । क्षेत्रीले पुल निर्माण पश्चात पुडिटार क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन समेत बढ्ने विस्वास लिएकी छन् ।

यता कोत्रेका स्थानियहरु रामचन्द्र खनालले पुल निर्माण विशेष गरि कोत्रे भन्दा पारीका स्थानियहरुलाई यात्रामा सहज भएको बताए । उनले उनले भारि समेत टुइनमा बोक्नुपर्ने समस्याबाट स्थानियहरु मुक्त भएका बताए ।

पुल निर्माणसँगै पोखरा महानगरपालिका वडा न ३३ को विकास निर्माणले समेत सम्भावना बोकेको छ । वडाध्यक्ष शिव आचार्यले स्थानीयहको जिवन स्तरलाई उकास्नका लागि वातावरण मैत्री औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना गरहेको जानकारी दिए । उनले औद्योगिक क्षेत्रको निर्माण गर्नका लागि पुलले सहयोग पु¥याउने जनाउदै गत वर्षको बैशाख ६ गते औधोगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरिएको बताए ।

पुल निर्माणको ठेक्का पाएको त्रिशुली कन्ट्रक्सनले काममा ढिला सुस्ती गरेपछि प्रधानमन्त्री ओली स्वयंले ठेकेदार कम्पनीलाई कारवाही गर्ने बताएका थिए । प्रधानमन्त्रीको निर्देशनसँगै ४ बर्ष पछि यहाँ पुल निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: