
पोखरा । कास्कीका चार जना विद्यार्थीले २०७५ सालको एसईईमा ४ जीपीए ल्याएका छन् ।
पोखराको गण्डकी बोडिङ स्कुल, अमरसिंह स्कुल, सेन्टम्यारीज र अन्नपुर्ण गाउँपालिकाको नौडाडाँमा रहेको मर्निङस्टार स्कुलबाट परीक्षामा सहभागी भएका एक/एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
गण्डकी बोडिङबाट मोनिका गौतम, अमरसिंहबाट सुजल पौडेल, सेन्टम्यारीजकी सलिना खड्का र मर्निङस्टारका दिपेस परियारले ४ जीपीए ल्याएका हुन् ।
अघिल्लो वर्ष पोखराबाट ७ जनाले ४ जीपीए ल्याएका थिए । कास्की जिल्लामा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागीता भएका थिए । यस्तै गण्डकी प्रदेशबाट भने परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थी सहभागी भएका थिए । चैत १० गतेदेखि २१ गतेेेसम्म भएको परीक्षाको नतिजा बिहिबार सार्वजनिक भएको थियो ।
