
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका १ स्थित दुरागाउँको गुरुवाङ्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जान घाईते भएका छन् ।
ना ४ च ६२०५ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा जीप चालक क्याल्वु तामाङकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि दुरागाउँकै वडा अध्यक्ष निङमार तामाङ घाइते भएका छन् । उनको अहिले दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
