
पाेखरा । पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने गरेका घटना नौला होइनन् । पालैपालो विभिन्न वडामा चोरी हुने गरेका छन् ।
यसैबीच पोखरा महानगरपालिकाको २५ नम्बर वडा कार्यालयमा चोरी भएको छ। हेम्जामा रहेको वडा कार्यालयको मेनगेटको ताला फोरेर सचिवको कार्यकक्ष र प्रशासन कोठाका गरी तीन थान कम्प्युटर चोरी भएको वडाध्यक्ष शोभाकर तिम्सीनाले जानकारी दिए।
शनिबार बिहान खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट टोली घटनास्थल गई अनुसन्धान सुरु गरेको छ। यसअघि पोखराका वडा नम्बर ५, १३, १४,१५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरी भइसकेका छन ।पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका कम्प्युटर पर्ने गरेका छन्।
कमेन्ट गर्नुहोस्
