स्वारेजले पेनाल्टी मिस गर्दा उरुग्वे बाहिरियो

Share:

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ । शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै उरुग्वे सेमिफाईनल पुग्न सकेन ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा पेरुले ५–४ ले बाजी मार्न सफल भयो ।

त्यस अघि निर्धारित समयमा ईडिन्सन काभानी र लुईस स्वारेजले गोल गरेपनि अफ साईडको मान्यता पाएका थिए ।

बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

पेरुले अब सेमिफाईनलमा चिलीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जे्न्टिनासंग खेल्नेछ ।

उरुग्वे क्वाटरफाईनलमा पेनाल्टी सुटआउटमा पराजित हुने तेस्रो टिम बन्यो । यसअघि पाराग्वेलाई ब्राजिल र कोलम्बियालाई चिलीले पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थिए ।

कोपा अमेरिकाको क्वाटरफाईनलमा अतिरिक्त समयको ब्यवस्था गरिएको छैन । सेमिफाईनल र फाईनल खेलमा आवश्यक परेको अवस्थामा मात्र ३० मिनेट थप हुने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: