प्रधानमन्त्री ओलीको गृहजिल्लामा सडकमै धान रोपाईं (फोटो फिचर)

Share:

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीयले सडकमा धान रोपेका छन् । बिर्तामोडबाट भद्रपुर जाने सडक जीर्ण भएपनि मर्मत नगरिएको र हिलोले हिँड्नसक्ने अवस्थामा नपुगेको भन्दै स्थानीयले सडकमै धान रोपेका हुन् ।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे भएपछि बिर्तामोडका व्यापारी र स्थानीयले सडकमै धान रोपेर विरोध गरेका हुन् । सडकमा धान रोपाइको सांकेतिक विरोध सकिएपछि कार्यक्रममा सहभागीहरुले सोही स्थानमा बसेर दही चिउरा समेत खाएका थिए ।

व्यापारीसमेत रहेका सन्तोस अग्रवालको घर अगाडि आयोजना गरिएको सडक रोपाइ कार्यक्रम रहर नभइ बाध्यता भएको उनीहरुले बताएका छन् ।

‘अहिले ठाउँ–ठाउँमा पानी जमेको छ, पसल अगाडी जताततै सडक हिलाम्मे भएको छ’, व्यापारी अग्रवालले भने, ‘भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन यहाँका जनताले विरोध स्वरूप सडककै धान रोपेको हो ।’ असार १५ मा खेतमा धान रोप्नु पर्नेमा बाध्य भएर सडकमै धान रोप्नु परेको उनले सुनाए।

सडक मर्मत नगरेको भनेर स्थानीय आक्रोशित भइरहेको बेलामा बिर्तामोड नगरपालिकाले भने उक्त सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको बताएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: