काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी,पठनपाठन ठप्प

Share:

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा विगत चार दिनदेखि पठनपाठन र प्रशासनिक काम ठप्प भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक विद्यार्थीहरुले विद्यार्थी युनियन खोल्न पाउनु पर्नेसहितका विभिन्न माग राख्दै प्रशासन विभाग र केही कक्षाकोठामा ताला लगाएपछि पठनपाठन ठप्प भएको हो ।

विश्वविद्यालय भित्रै विद्यार्थीहरु राजनीतिक संगठनबाट निर्दे्शित भएको भन्दै विश्वविद्यालय प्रशासन राजनीतिक माग पूरा गर्न नसक्ने अवस्थामा रहेको एक उच्च प्रशासनिक अधिकारीले बताए ।

सोमबार दिउँसो यसै विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा विश्वविद्यालय सिनेट बैठक बस्ने भएको छ । प्रधानमन्त्री विश्वविद्यालयका पदेन कुलपति हुन् ।

कमेन्ट गर्नुहोस्
Share: