वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन : प्रधानमन्त्री ओली

Share:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको स्पष्ट पारे ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने ओलीको भनाइ थियो ।

‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीले निगम सञ्चालकलाई प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए । उनले सरकार निगमको साथमा रहेको भएपनि निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: