सहस्रधारा झरनामा क्यानोनिङ अवलोकन गर्दै सर्वसाधारण

Share:

बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा आयोजित साहसिक खेल छाँगा आरोहण (क्यानोनिङ) अवलोकन गर्दै सर्वसाधारण । लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ गरिँदै आएको छ ।

वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब ६ हजारले क्यानोनिङ गर्छन् । साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवर्द्धनको आवश्यकता ठानिएको छ ।

तस्वीर : रामबहादुर थापा/रासस

कमेन्ट गर्नुहोस्
Share: