स्याङ्जामा ४ लाख घुससहित खानेपानीका इन्जिनियर पक्राउ

Share:

पोखरा । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् ।

स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मतले घुस मागेका थिए ।मोहम्मतले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो ।

पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मतलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
Share: