आइफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार

Share:

काठमाडौं– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नहुने निश्चित भएको छ।

सरकार नै आयोजक भएको भन्दै आइफा अवार्डको आलोचना हुँदै आएको थियो। अवार्ड नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो।

‘संसदीय समितिको निर्देशन अनुसार अब हामी आइफा अवार्ड आयोजना नगर्ने अवस्थामा पुगेका छौं,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘स्थगितको औपचारिक निर्णय गर्न बाँकी छ।’

संसदीय समितिले अवार्ड आयोजनाले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: