पोखराको चाउथेमा मोटरसाइकल पोलमा ठोक्किँदा भण्डारीको मृत्यु

Share:

पोखरा । पोखराको चाउथेमा विजुलीको पोलमा मोटरसाइकल ठोकिएर एक जनाको मृत्यु भएको छ । बेलचौताराबाट पोखरा आउँदै गर्दा मंगलबार मध्यराती विजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चाउथेका २४ बर्षिय राजेश भण्डारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । ग १४ प ६५६५ नम्बरको मोटरसाइकल पोलमा मध्यराती १२ बजेर ५ मिनेट जाँदा ठोकिएको केसीले बताए ।

दुर्घटनामा गम्भीर चोट लागेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। उनको टाउकोमा चोट लागेको थियो ।

अविवाहित राजेशको बुबा विदेशमा छन् । उनले चाउथे चोकमै आर.एन.बि मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: