
पोखरा । पोखरा महानगरपालिका-३० पिपलटारीमा एक नवजात शिशुको शव फेला परेको छ । पिपलटारी मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको हो।
पेटभन्दा मुनि र दाहिने हात केही मात्रामा जनावरले खाएको जस्तो देखिने अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
