मेस्सीलाई रातो कार्ड ,पदक अस्वीकार

Share:

एजेन्सी। अर्जेन्टिना फुटबलका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकालाई भ्रष्टाचारको संज्ञा दिँदै ब्राजिललाई जिताउने पूर्व योजना अनुसार गतिविधि भइरहेको सांकेतिक आरोप लगाएका छन् । चिलीसँगको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पुगेका मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्वीकार गरेका छन् ।

संवाददाताहरुसँग कुरा गर्दै विश्वविख्यात फुटबलर मेस्सीले कोपा अमेरिकाको फाइनलमा रेफ्री र भिएआरले पेरुलाई स्वच्छ प्रतिस्पर्धा गर्न दिनेमा समेत आशंका जनाए । उनले ब्राजिललाई जिताउन रेफ्री र भिआएर नै लागेको सांकेतिक आरोप लगाए ।

कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु भिड्दैछन् ।

मेस्सीले अेर्जेन्टिनाले यो प्रतियोगितामा धेरै कष्ट भोग्नुपरेको भन्दै यस्तो भ्रष्टाचारमा भाग लिन आवश्यक नरहेको समेत बताए ।अर्जेन्टिनाको जर्सीमा सधैं अभागी रहँदै आएका मेस्सीले कोपा अमेरिकाको यो संस्करणमा अर्जेन्टिनामाथि भेदभावपूर्ण व्यवहार भएको बताए । त्यसैले यो प्रतियोगिताको काश्य पदक समेत लिन अस्वीकार गरेका छन् ।

अर्जेन्टिनी कप्तान मेस्सी शनिबारको रातो कार्डपछि निकै आक्रोशित र निराश देखिन्थे । उनले आफूहरुमाथि भेदभाव भएको र त्यसमा रेफ्री तथा भिएआर प्रयोग भएको आरोप पटक पटक लगाए ।

कमेन्ट गर्नुहोस्
Share: