
पोखरा । पोखरामा श्रीमानले ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेपछि आइतबार राती भनाभन हुँदा पोखरा-२२ पुम्दी-भुम्दी घर भई पोखरा-१७ बिरौटा बस्दै आएका ध्रुव भनिने वीरबहादुर सुनारले श्रीमतीको हत्या गरेका हुन् ।
४५ बर्षिय ध्रुवले ४० बर्षिय श्रीमती गंगा सुनारको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेपछि भागेका थिए । प्रहरीले सोमबार बिहान घटनाको बारेमा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो ।
खोजी गर्ने क्रममा उनलाई सोमबार दिउँसो पोखरा-२२ कालीमाटीबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बिगखबरलाई जानकारी दिए । ध्रुवले आफूले हत्या गरेको स्वीकार गरेका छन् । गंगामाया वीरबहादुरकी कान्छी श्रीमती रहेको बुझिएको छ।
File Photo
कमेन्ट गर्नुहोस्
