तीन हजार दर्शक अटाउने तनहुँको रङ्गशालामा प्यारापिट निर्माण

Share:

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले रङ्गशालामा प्यारापिट निर्माण गरेको छ । नगरपालिकाले दर्शकको सहजताका लागि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा उक्त प्यारापिट निर्माण गरेको हो ।

प्यारापिटको लम्बाइ ७७ मिटर तथा चौडाइ ११ मिटर रहेको रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष उज्वल खनालले जानकारी दिए ।

प्यारापिटको क्षमता झण्डै तीन हजार दर्शक अटाउने रहेको छ । सो कार्यका लागि नगरपालिकाले रु ४६ लाख ८० हजार तथा स्थानीयवासीले रु छ लाख चार हजार सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: