अतिविपन्नलाई बन्दीपुर गाउँपालिकाले दियो सौर्य उपकरण

Share:

तनहुँ ।  तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ । वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार २१ हजार रुपैयाँ छ । सोलारबाट ४ वटासम्म बत्ती बाल्न पुग्छ ।

‘उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँहरूमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो,’ थापाले भने । गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: