
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका– ६ मोतिपुरको गिठे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ ।
स्थानीय रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता गिरी र केशवनाथ योगीका ८ वर्षीय छोरा ध्रुवनाथ योगीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
स्थानीयले पानी जमाउनका लागि खोलामा खाल्डो खनेका थिए । खोलामा वर्षापछि पानी जमेको खाल्डोमा पौडी खेल्न खोज्दा दुवै जना डुबेको प्रहरीले जनाएको छ ।डुबेर बेपत्ता भएको झण्डै दुई घण्टापछि प्रहरी र स्थानीयले शव फेला पारेका थिए ।
कमेन्ट गर्नुहोस्
