राहत र उद्धार प्रभावकारी बनाउन राष्ट्रपतिको आग्रह

Share:

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले केही दिनदेखि परेको पानीका कारण उत्पन्न भएको बाढी, पहिरो तथा डुबानबाट पीडितहरुको रातह र उद्धारलाई प्रभावकारी बनाउन गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षति प्रति राष्ट्रपति दुःखी भएको उल्लेख गर्दै राहत र उद्धार प्रभावकारी हुने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारी भविष्यमा आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन पनि अपिल गरेकी छिन् । यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्धारको काम प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: