
काठमाडौं । काठमाडौंको एक होटलभित्रबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।मित्रनगर नयाँ बसपार्कस्थित एक होटलबाट अटोमेटिक पेस्तोल र गोलीसहित नुवाकोटका दुईजना र एकजना भारत घर भएका व्यक्ति पक्राउ परेका हुन्।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४, चौघडा घर भएका २९ वर्षीय प्रितम राई, वर्ष ३७ का रामकुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाडौंको टोखा बस्ने गरेका वर्ष ३६ का सविन खवासलाई आइतबार साँझ पक्राउ गरिएको हो।
उनीहरूका साथबाट मेड इन इटाली लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने र ५ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
साथै उनीहरूले प्रयोग गरेका बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरका दुई मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।अभियुक्तहरूलाई महानगरीय अपराध महाशाखा (टेुक)मा बुझाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
