प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

316
0
Share:

काठमाडौं । सोमबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै संसद वैठक स्थगित गरिएको जनाएको छ ।

प्राकृति विपत्तिमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग र्पुयाउन, वेपत्ता परिवारको खोजी, उद्दार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा जान समय दिनुपर्ने भएकाले सोमबार बैठक स्थगित गरिएको संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संसदको अर्को वैठक आगामी असार ८ गते (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्र्दै असार २४ गते मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए। असार २५ गते बुधबारका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: