पिएन क्याम्पस गेट अगाडी नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते

Share:

पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले सोमबार पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको थियो । जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको हो । झडपमा एक प्रहरी घाईते भएको बताईएको छ । प्रहरी जवान दीपक खाती घाईते भएका हुन् । झडपकै क्रममा नेविसंघ नेता पशुपती भट्टराई पक्राउ परेका छन् ।

पोखरा ७ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी परिषद्को कार्यालयमा नेविसंघले तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । तोडफोडमा संलग्न भएको आरोपमा पेकका नेविसंघ सभापति टेनिश श्रेष्ठ, पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी, नेविसंघका विद्यार्थीहरु निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु बैदाम प्रहरीको नियन्त्रणमा छन् ।

भिडलाई नियन्त्रणमा लिने क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीले जनाएको छ । नेविसंघले चाहीँ प्रहरीले धरपकड गरेको आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: