बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता

Share:

काठमाडौं । यही असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता भएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, भोजपुर, खोटाङ, बारा, पर्सा, रौतहट, महोत्तरी, काभ्रे, रामेछाप, डोल्पा, पाल्पालगायतका जिल्लामा मानवीय क्षति पुगेको छ ।

बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: