विश्वकप छनोट : नेपाल र अष्ट्रेलिया एउटै समूहमा,पहिलो खेल कुवेतसँग

Share:

काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल र अष्ट्रेलिया एउटै समूहमा परेका छन् ।

नेपाल रहेको समूह ’बी’ मा कुवेतसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेई रहेका छन् ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको पहिलो प्रतिद्वन्दी कुवेत परेको हो ।

समूह ’बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ । नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ । नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

यस्तै नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ । त्यस्तै नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ ।

दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ  ।

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: