आज कमैया मुक्ति दिवसः कमैया प्रथा अन्त्यको घोषणा भएको १९ वर्ष पूरा

Share:

काठमाडौं ।  आज कमैया दिवस । कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको दिन । काठमाडौं उपत्यकासहित थारु बहुल जिल्लामा कमैया मुक्ति दिवस मनाइँदै छ ।

कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको आज १९ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तत्कालीन सरकारले २०५७ साल साउन २ गते मालिकका घरबाट मुक्त घोषणा गरेको थियो ।

मुक्त घोषणा भएको १९ वर्ष पुगे पनि मुक्त कमैयाहरुको पुनस्र्थापना र व्यवस्थापन हुन सकेको छैन । कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा धेरै मुक्त कमैया छन् ।

कमेन्ट गर्नुहोस्
Share: