भाइरल फेस एप : डाटा चोरी हल्ला कि यथार्थ ?

Share:

बुढेसकालको अनुहारमा आफू यस्तो देखिने रहेछ् भन्दै हिजोआज सामाजिक सञ्जालका प्रयोगकर्ता ‘फेसएप’को सहाराले बुढोभएको फोटो पोष्ट गरिरहेका छन ।

जुन सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । क्षणिक रमाइलोका लागि प्रयोग हुने यो फेसएपले पछिका लागि भने बेफाइदा गर्ने विशेषज्ञहरुले बताएका छन ।

उनीहरुका अनुसार यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको छ। अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । विशेषणहरुले यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ ।

अहिलेसम्म १० करोड बढीले गुगल प्ले स्टोरबाट ‘फेसएप’ एप डाउनलोड गरिसकेका छन् । यो एप आईओएस एप स्टोरमा १२१ देशमा पहिलो नम्बरमा छ ।

एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्वीर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्वीरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ ।

विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्वीरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्वीरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् । ‘फेस एप’ मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ ।

यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्वीरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ ।

यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्वीरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ ।

यस्तो अवस्थामा पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ । यसको उपयोग गरी आफ्ना तस्वीर पोस्ट गर्नेहरु बढ्दै गएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: