नेकपा, कांग्रेस र राजपाको राष्ट्रियसभामा संयुक्त प्रस्ताव 

Share:

काठमाडौं– बाढी पहिरो र डुबानबाट भएको क्षतिको पुर्ननिर्माणका लागि राष्ट्र एक जुट बन्नु पर्ने भन्दै राष्ट्रियसभामा शुक्रवार जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राजपाको संयुक्त प्रस्तावमाथि छलफल हुन लागेको हो ।

यसअघि प्रतिनिधि सभामा नेपाली कांग्रेस र राजपाले दर्ता गरेको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । नेकपाका खिमलाल भट्टराई, कांग्रेसका बद्री पाण्डे र राजपाका वृषेशचन्द्र लालले दर्ता गराएको प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।

यसैबीच राष्टियसभाका सदस्यहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा पठाउने भएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितको संसदीय टोली भोलि नै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: