स्कुटर दुर्घटनामा एक जनाको मृत्यु,एक जना घाइते

Share:

काठमाण्डौ । काठमाण्डौको चोक नजिकै शुक्रबार राति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। ना ३ ख ७५६१ नम्बरको रोकिराखेको टिपरमा बा ९२ प ६५६५ नम्बरको स्कुटर राति साढे १२ बजे ठोक्किँदा स्कुटर चालक काठमाडौं बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक ठकुरीको उपचारको क्रममा शनिबार बिहान नेसनल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका ठकुरीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई राति नै नेशनल अस्पताल लगिएको थियो। स्कुटर पछाडि सवार कलंकीका विशाल लुइटेलको ट्रमा सेन्टरमै उपचार भइरहेकोे छ।

कमेन्ट गर्नुहोस्
Share: