
खोटाङ । लोक सेवा आयोगको परीक्षा भइरहेको स्थलमा प्रवेश गरेर अवरोध पु¥याएको भन्दै खोटाङमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध र्पुयाएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो । प्रश्नपत्र च्यात्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ ।
लोकसेवा योगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएको छ ।
कमेन्ट गर्नुहोस्
