अनिश्चित बन्दै ‘बालमैत्री पाेखरा’ (अडियो)

Share:

अनुप पाैडेल, पाेखरा ।

भौगोलिक हिसाबले ठूलो पोखरा महानगरलाई बालमैत्री सहर बनाउने विषय तीन वर्ष पहिलेदेखि उठ्दै आएको थियो । सन् २०१८ मा नै घोषणा गर्ने तयारी भएपनि तयारी नपुगेको लगायतका विविध कारण देखाउँदै मिति २०१९ डिसेम्बरलाई सारियो ।

२०१९ सकिन अब पाँच महिना मात्र बाँकी छ । पाँच महिना बाँकी रहँदा यो विषय अझै अन्योल नै छ । पाँच महीनामा के गर्ने भन्ने महानगरसँग योजना पनि छैन् । अनि कार्यविधी पनि अझै बनेको छैन् ।

पोखरामा बाल श्रम र सडक बालबालिकाको समस्या व्याप्त छ । घोषणालाई दिगो बनाउन यी दुई विषय मुख्य बाधक हुन् ।

महानगर बाल मञ्च पोखराका पदाधिकारी भने यही विषयलाई लिएर चिन्तित छन् । अहिले उनीहरु बालबालिकाको क्षेत्रमा पोखरामा क्रियाशिल संस्था र महानगरसँग छलफलमा जुटेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल घोषणा दिगो हुनुपर्ने बताउँछन् । आवश्यक बजेट र समन्वय भए ढिलो चाँडो यो अभियान सफल हुने उनको भनाइ छ ।

पछिल्लो तथ्यांक हेर्ने हो भने पोखरामा अहिले ३६० श्रमिक बालबालिका छन् । सडक बालबालिकाको सङख्या ७९ रहेको छ । यो सङख्या स्थिर हँदैन । बेलाबखत घटबढ भइरहन्छ ।

बालबालिकाको क्षेत्रमा विभिन्न शीर्षकमा महानगरले आव २०७६/७७ का लागि २४ लाख ८० हजार छुट्याएको महानगरको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन् । यो अभियानलाई पूरा गर्न कार्यविधी बनाएर अगाडि बढ्ने महानगरको योजना छ ।

प्रमुख प्रशासकिय अधिकृत पौडेल र सामाजिक विकास महाशाखा प्रमुख शर्माले यस्तो बताइरहेका बेला बाल मञ्च भने यो वर्ष यो अभियान पूरा हुनेमा आशंका व्यक्त गर्छ ।

बाल मञ्चका प्रवक्ता आरोग्य मोेहन काफ्ले पर्याप्त गृहकार्य नभएकाले तत्कालका लागि यो वर्ष सम्भावना नदेखिएको बताउँछन् । नीतिगत विषयमा पनि स्पष्ट हुनुपर्नेमा प्रवक्ता काफ्लेको जोड छ ।

FILE PHOTO

 

कमेन्ट गर्नुहोस्
Share: