
पोखरा । लियो जिल्ला परिषद ३२५ बी १ को पहिलो बोर्ड बैठक शनिबार सम्पन्न भएको छ । पोखरा २२ पुम्दी-भुम्दीको भुम्दी होमस्टेमा सो बैठक सम्पन्न भएको हो।
लियो जिल्ला परिषद ३२५ बी १ का अध्यक्ष लियो बिनायक पौडेलको अध्यक्षतामा बसेको बैठकमा परिषदका भावी योजनाका बारेमा छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बहुजिल्ला परिषद अध्यक्ष लियो राजेन्द्र बराल, विशेष अतिथि ईसामे प्यानालिस्ट लियो रोशन बर्णवाल, लियो अशोक पौडेल, परिषदका सम्पुर्ण पदाधिकारी, आयोजक क्लबका सम्पुर्ण पदाधिकारी र भुम्दीका अग्रजहरु सहभागि थिए ।
लियो क्लब अफ पोखरा फिस्टेल सिटिका अध्यक्ष तथा कार्यक्रम संयोजक लियो अशोक बरालले अन्तिममा कार्यक्रम सफल भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
