
मकवानपुर । मकवानपुरमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई घाइते भएका छन् ।
उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गएराति १२–१ बजेको समयमा मनहरी–९ राप्तीखोलामा पाँचजनाको तस्करको समूह रहेको र पक्राउ गर्न खोज्दा तस्करको समूहले प्रहरीमाथि गोली प्रहार गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले गोली प्रहार गर्ने कुमार स्याङतानलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद भएको छ । घटनामा संलग्न अन्य चारजना भने फरार रहेका छन् ।
कमेन्ट गर्नुहोस्
