बागलुङमा बुबाले चलाएको जिपले किच्दा छोराको मृत्यु

Share:

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

ग १ ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दै थिए । ब्याक गर्ने क्रममा किच्दा उनका छोरा सात वर्षीय सलिन थापाको ज्यान गएको हो ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप शनिबार राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: