भाइको कुटाइबाट दाइको मृत्यु

Share:

सोलुखुम्बु । सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: