
काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएको छ । अहिले प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् ।
भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् ।
‘एकदुमे’ को भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ।
‘नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सीबीचमा नयाँ सम्झौता गर्नुपर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँदछौं । नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । भद्रगोल परिवार ।’ उनले फेसबूकमा लेखेका छन् ।
