हसियाँ प्रहार गरी छोराले गरे बुवाको हत्या, आमा गम्भीर घाइते

Share:

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका ११, सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।
घरयासी झगडामा विवाद उत्पन्न हुँदा स्थानिय ७५ वर्षीय काल्चे रावतलाई उनका छोरा ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गरेको हो ।

घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । घटना पछि फरार रहेका उदे रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: