विजयपुरको डाइभर्सनमा पुनः क्षति, १० टनमाथिका गाडी रोकियो

Share:

पोखरा। पर्यटकीय राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।

आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा सोमबार बिहानबाट ठूला यातायातका साधन अबरुद्ध बनेका छन् । यसअघि पनि सो डाइभर्सन बाढिले बगाएको थियो ।

शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो ।

नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पु¥याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिदै आएको छ । पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा रोकेर राखेको छ । विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: