नक्कली भिसा दिएर ठगी गर्ने पक्राउ

Share:

काठमाण्डौ – माल्टा पठाइदिने भन्दै नक्कली भिसा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।दिल्ली घर भइ अहिले काठमाण्डौ सिनामंगल बस्ने २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भीभी इन्टरनेशनल प्रालिका सञ्चालक दावा शेर्पाको उजुरीको आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनले भीभी इन्टरनेशनल प्रालिमार्फत विदेश पठाइदिने प्रलोभन देखाएका थिए ।

प्रहरीका अनुसार पाण्डेले भिसा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्न भन्दै पटक पटक गरी ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेका छन् ।पाण्डेलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: