
काठमाण्डौ । थाइल्याण्डको बैंककमा समस्यामा परेका १० जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरेको छ ।खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका १० प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फकाइएको दूतावासले जनाएको छ ।
उनीहरु काठमाण्डौको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत थाइल्याण्डको बैंकक पुगेका थिए ।उनीहरुले सम्झौताअनुसार तालिम र सुविधा नपाएको भन्दै दूतावासमा निवेदन दिएका थिए ।
दूतावासले सोमबार विज्ञप्ति निकालेर उनीहरुमध्ये ३ जनालाई गएको बुधबार र ७ जनालाई शुक्रबार उद्धार गरेको जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
