पोखरा : गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

Share:

पोखरा । पोखरामा गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि कुटपिट गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा-२५ हेम्जामा रहेको हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ बर्षीया एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठी पक्राउ परेका हुन् ।

त्रिपाठीले गृहकार्य नगरेको भन्दै गएको आइतबार विद्यार्थीलाई कक्षाकोठाभित्रै कुटपिट गरेका थिए ।

पक्राउ परेका शिक्षक त्रिपाठीमाथि कानुनी प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीका प्रवक्ता राज कुमार के.सीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: