जोन्सन बन्ने भए बेलायतकाे नयाँ प्रधानमन्त्री

Share:

काठमाडौं – बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुन्न भएको निर्वाचनमा विजयी भएसँगै जोन्सनलाई बेलायतको प्रधानमन्त्री बन्न बाटो खुलेको हो ।

उनले दलभित्रको नेतामा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् ।

जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाएका छन् । जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक विफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । जोन्सनले अब मेको स्थान लिनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: