
काठमाडौं– श्रीलंकाका भेट्रान तिव्र गतिका बलर लासिथ मालिङ्गा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटबाट सन्यास लिने तयारीमा रहेका छन् ।
मालिंगाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलापछि सन्यास लिने तयारी गरिरहेको श्रीलंकाका खेलाडी डिमुथ करुणारत्नले बताएका छन् ।
जुलाई २६ देखि कोलम्बोमा शुरु हुन लागेको तीन खेलको एकदिवसीय शृङ्खलाको एक खेल खेलेर उनले सन्यास घोषणा गर्ने जनाएका छन् ।श्रीलंकाका लागि तेस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका मालिङ्गाले अहिलेसम्म ३३५ विकेट लिएका छन् ।
अब उनले बंगलादेशविरुद्ध २ विकेट लिन सके अनिल कुम्लेको बराबरी बनाउन सक्नेछन् । कुम्लेले ३३७ विकेट लिएका छन् । ३५ बर्षीय मालिङ्गाको एकदिवसीयमा अहिलेसम्म उत्कृष्ट ‘स्पिल’ ४ विकेट लिएर ४३ रन खर्चिएको रहेको छ ।
